समाचार

बेपत्ता खोज्न ४ जिल्लालाई आग्रह

बेपत्ता खोज्न ४ जिल्लालाई आग्रह


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धादिङले गत शुक्रबार धादिङमा भएको बस दुर्घटनामा बेपत्ता भएकाहरुको खोजीका लागि छिमेकी चार छिमेकी जिल्लाहरुसँग आग्रह गरेको छ । धादिङस्थित पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालयले छिमेकी चार जिल्लालाई खोजी कार्यमा सहयोग गर्न आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्ला प्रहरी नदी किनारमा खोजी लागेका छन् । 


गत शुक्रबार सर्लाहीको  मलंगवाबाट चालकदलसहित ४५ यात्रु बोकेर काठमाडौँतर्फ आएको ना६ख ७४६९ नम्बरको बस दुर्घटना भएको थियो । हालसम्म दुर्घटनामा परेर मृत्यु भएका ११ को शव फेला परेको छ ।