समाचार

वडाध्यक्षसहित ३ जना १ लाख ६० हजार घुससहित पक्राउ

वडाध्यक्षसहित ३ जना १ लाख ६० हजार घुससहित पक्राउ


महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिकाको वडा नम्बर ८ का वडाध्यक्ष अन्य तीन जना घुससहित पक्राउ परेका छन् । आफ्नो वडा क्षेत्रमा सञ्चालित परियोजना सम्पन्न भएको सिफारिस गरेको भन्दै सेवाग्राहीसँग लिएको १ लाख ६० हजार रुपैयाँ घुससहित वडाध्यक्ष मोहम्मद रफिक आलमसहित ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्ने अन्य २ जनामा सोही वडाका वडासदस्य कारी साह र वडासदस्यका छोरा मुकेश साह छन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले तीनै जनालाई नियन्त्रणमा लिएको हो । 


मुकेशले जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा सेवाग्राहीबाट घुस रकम बुझेका थिए । अख्तियारको टोलीले मकुेशलाई घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेको थियो । 


उक्त घुस प्रकरणमा वडाध्यक्ष आलम र वडासदस्य साहको समेत संलग्नता रहेपछि अख्तियारको टोलीले उनीहरुलाई भंगाहा नगरपालिका–२ सितापुर चोकबाट नियन्त्रणमा लिएको हो ।

अहिले तीनैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो ।