समाचार

कलंकी - चाबहिल सडक विस्तार सुरु

कलंकी - चाबहिल सडक विस्तार सुरु


काठमाडौँ । चीन सरकारको सहयोगमा विस्तार गर्न लागिएको चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तारका लागि सडकमा पर्ने स्थान खाली गराउने काम शुरु भएको छ । सडक विभाग, चक्रपथ सुधार योजनाले कलङ्कीदेखि महाराजगञ्ज हुँदै चावहिलसम्म सडकको अधिकार क्षेत्रभित्र पर्ने स्थान खाली गराउन लागेको हो ।


सडकमा रहेका रूख, बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउने काम शुरु भएको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो ।


उहाँले भन्नुभयो, “अहिले हामीले चक्रपथको मापदण्डका आधारमा सडक खाली गराउन लागेका छौँ ।”
चक्रपथको चौडाइ सडकको मध्य भागबाट ३१ मिटर रहेको छ ।


चिनियाँको प्रतिवेदन आएपछि नै सडकको चौडाइ कति कायम हुने भन्ने टुङ्गो लाग्ने इञ्जिनीयर शर्माले बताउनुभयो । 


चक्रपथको पहिलो खण्डका रुपमा रहेको कोटेश्वर–कलङ्की सडक सम्पन्न हुनासाथ दोस्रो खण्डको अध्ययन शुरु भएको हो । नेपाल सरकारलाई गतवर्ष नै चीन सरकारले पहिलो सडक खण्ड निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ ।
 

विशेष