अपराध सुरक्षा

कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि गोली प्रहार

कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि गोली प्रहार


कपिलवस्तु । सत्ता साझेदार दल समाजवादी पार्टी नेपालका स्थानीय नेतामाथि कपिलवस्तुमा गोली प्रहार भएको छ । शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् ।

 

कपिलवस्तुको लवनीबाड पकडीतर्फ जाँदै गरेका यादवमाथि मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेको 
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 


नेता यादवको पाखुरामा गोली लागेको छ । उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।