अपराध सुरक्षा

भरुवा बन्दुकसहित वन पसेका एक पक्राउ 

भरुवा बन्दुकसहित वन पसेका एक पक्राउ 

झापा । सामुदायिक वनमा भरुवा बन्दुकसहित भेटिएका एकलाई झापा प्रहरीले पक्राउ गरेको छ ।  जिल्लाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनबाट वडाका ६० वर्षीय ताराहाङ राईलाई प्रहरीचौकी जलथलबाट गस्तीमा रहेको टोलीले भरुवा बन्दुकसहित शुक्रबार राति ८ः३० बजे नियन्त्रणमा लिएको हो । 

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । 

वनभित्र रहेका वन्यजन्तुको शिकार गर्न राई बन्दुक लिएर गएको हुनसक्ने प्रहरीले जनाएको छ ।