समाचार

पहाडमा इ–कोली, तराईमा आर्सेनिक 

पहाडमा इ–कोली, तराईमा आर्सेनिक 

इटहरी । प्रदेश १ का १४ जिल्लाको खानेपानी परीक्षण गर्दा पहाडी जिल्लामा इ–कोली ब्याक्टेरिया र तराईका जिल्लामा आर्सेनिकको समस्या पाइएको छ । मानिस वा जनवारको दिसाको मात्रा मिसिएको पानीमा इ–कोली ब्याक्टेरिया हुने र त्यस्तो पानी प्रयोग गर्दा हैजा, झाडापखाला, आउँजस्ता रोग लाग्ने तथा आर्सेनिक भएको पानी लामो समयसम्म पिउँदा क्यान्सर हुने खतरा हुन्छ । 

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरअन्तर्ग पानी परीक्षण प्रयोगशाला इटहरीले आर्थिक वर्ष २०७५/७६ को विभिन्न मितिमा कार्यालयमै ल्याएर आठ सय ७० वटा नमुनाको ल्याब टेस्ट र कार्यालयको कार्यक्रमअन्तर्ग विभिन्न स्थानमा पुगेर एक सय ६० वटा नमुना परीक्षण गरेको थियो । परीक्षण गर्दा पहाीप् जिल्लामा मूल वा खोलाको पानीमा इकोली भाइएको छ । तराइृका जिल्लामा ट्युबबेलको पानीमा आर्सेनिक पाइएको छ । 
नागरिक दैनिकबाट