यही पत्रले फिर्ता गरायो पत्रकारको आन्दोलन

यही पत्रले फिर्ता गरायो पत्रकारको आन्दोलन

मिडिया काउन्सिल विधेयक विरुद्ध लामो समयदेखि आन्दोलनरत नेपाल पत्रकार महासंघको आन्दोलन पूर्णविराम लागेको छ । महासंघ नेतृत्व र सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवास नेम्बाङ, युवा नेता योगेश भट्टराई बीच भएको छलफल पछि आन्दोलन फिर्ताको सहमति भएको हो । 

छलफलमा सरकारले ल्याएका मिडियासँग सम्बन्धित विधेयकमा आवश्यक सुधार गर्नुपर्ने विषय संशोधनमार्फत सुधार्ने सहमति भएको छ । सांसद समेत रहेका युवा नेता भट्टराईका अनुसार सरकारले आगामी दिनमा मिडियासँग सम्बन्धित विधेयक ल्याउँदा पत्रकार महासंघ लगायतका सम्बन्धित पक्षसँग छलफल गर्नेछ । 

सो अवसरमा नेकपा राष्ट्रियसभामा मुख्य सचेतक खिमलाल भट्टराईले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र महासंघका अध्यक्ष गोविन्द आचार्यलाई प्रदान गरेका थिए । पत्र लिएलगत्तै अध्यक्ष आचार्यले आन्दोलन फिर्ता भएको घोषणा गरेका थिए । 

पत्रकार महासंघ मिडिया काउन्सिल विधेयकलगायतका संचार क्षेत्रसँग सम्बन्धित विधेयकको विरोधमा तेस्रो चरणको आन्दोलनमा थियो ।
 

नेपाल पत्रकार महासंघ

संम्बधित खबर