सर्लाही प्रकरणले संसद स्थगित

सर्लाही प्रकरणले संसद स्थगित

विप्लव कार्यकर्ता कुमार पौडेल मारिएको घट्ना प्रतिपक्षले चर्काएपछि  प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित भएको छ । प्रतिपक्षी सांसदहरु नाराबाजीमा उत्रदै रोष्टम घेराउ गर्न पुगेपछि १५ मिनेटका लागि स्थगित भएको बैठक त्यसपछि बस्न सकेन ।

बैठकमा विप्लव कार्यकर्ता कुमार पौडेल मारिएको घटनाबारे गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेको र सो घटनाको छानबिनका लागि संसदीय समिति बनान माग गर्दै विपक्षी सांसदहरु रोष्टम घेर्न पुगेका थिए ।

विपक्षीको माग बमोजिम संसदीय छानबिन समिति बनाउने विषयमा सभामुख कृष्णबहादुर महराले प्रतिवद्धता जनाएपनि नाराबाजी रोकिएन । 
 

 प्रतिनिधिसभा बैठक

संम्बधित खबर