कभर स्टोरी भिडियो

भारतीय नेताले नै भने, ‘नाकाबन्दी नेपालमाथिको अन्याय’

भारतीय नेताले नै भने, ‘नाकाबन्दी नेपालमाथिको अन्याय’

शिरोमणि अकाली दल (अमृतसर) भारतको पञ्चाबस्थित दल । यस दलका अध्यक्ष सरदार सिमरनजित सिंह मान  हालै नेपाल भ्रमणमा आए । कुनै बेलाका इतिहासका गोल्ड मेडलिस्ट उनी १९८४ को चर्चित भारतीय काण्ड अपरेशन ब्लु स्टारताका भारतीय पुलिसको डिआइजीमा थिए । शिखमाथिको अन्याय भन्दै उनले राजीनामा दिए । शिरोमणि अकाली दल जुन त्यसबेला शिखहरुको हितको लागि संघर्षरत थियो त्यस पार्टीमा लागे ।

 

अपरेशन ब्लु स्टारपछि उनी भारतबाट भागेर नेपालको जोगवनीमा आए  । त्यसयता उनी पटक पटक नेपाल आवत जावत गरिरहन्छन् । एक डिआईजी राजीनामा दिएर दुई पटक संसद सदस्य बने त्यो पनि चुनाव जितेर । उनै शिरोमणि अकाली दल अमृतसरका अध्यक्ष सरदार सिमरनजित सिंह मानसँग हामीले नेपाल भारत सम्बन्धदेखि, उनको केही व्यक्तिगत जीवनबारे र नेपाल भ्रमणबारे चर्चा गरेका छौँ । हेर्नुहोस् यो भिडियो :

 

">