प्रवास

बेलायत पुगेर कांग्रेस नेता महरले भने, ‘दोहोरो नागरिकता पाउनुहुन्छ, ढुक्क रहनू’

बेलायत पुगेर कांग्रेस नेता महरले भने, ‘दोहोरो नागरिकता पाउनुहुन्छ, ढुक्क रहनू’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका निर्वतमान अध्यक्ष नैन सिंह महरले दोहोरो नागरिकता प्राप्तिका लागि ढुक्क रहन आप्रवासी नेपालीहरुलाई आग्रह गरेका छन् । नेपाली जनसम्पर्क समिति बेलायतको आयोजनामा भएको कार्यक्रममा नेता महरले यस्तो बताएका हुन् ।

 

कांग्रेसको नेतृत्वमा बनेको वर्तमान संविधानमा समेत दोहोरो नागरिकता हुनेछ भनी कबुल गरिसकेका कारण सोही बमोजिम दोहोरो नागरिकताको प्रबन्धबाट कसैले पनि टाढा जान नमिल्ने बताए ।

 

डायस्पोरा नेपाली सीप, क्षमता, अनुभव र लगानी स्वदेशकै समृद्धिमा लगाउन पनि दोहोरो नागरिकता हुनुपर्ने आवश्यक पर्ने भएकाले प्रवासी नेपाली दाजुभाईलाई दोहोरो नागरिकता दिलाउन कांग्रेस कटिबद्ध भएर लाग्ने प्रतिबद्धता समेत महरले व्यक्त गरे ।

 

रुल अफ ल र प्रजातन्त्रको जननी मानिने बेलायतले ६० हजार गोर्खा सैनिकले ग्रेट बेलायत निर्माण गर्न गरेको सहादत र कुर्वानीलाई भेदभावपूर्ण ढंगले हेर्नु नहुने नेता महरको भनाइ थियो ।

 

सोही कार्यक्रमको सम्बोधनका क्रममा नेता महरले बेलायत, भारत र नेपालबीचको ञिपक्षीय सम्झौतााबाट बेलायत भाग्न नमिल्ने र बेलायत सैनिक सरह गोर्खा सैनिकले पनि सेवासुविधा पाउनुपर्नेमा जोड दिए ।