प्रवास

मायाले चढिन् युरोपको अग्लो हिमाल 

मायाले चढिन् युरोपको अग्लो हिमाल 

काठमाडौं ।  हिमाल आरोही माया शेर्पाले युरोपको सर्वाधिक अग्लो हिमाल एल ब्रुसको सफल आरोहण गरेकी छिन ।

 

आठ हजार मिटर माथिका अग्ला हिमाल आरोहण गर्ने प्रथम नेपाली महिला आरोही माया शेर्पाले शनिबार  विहान एल ब्रुस हिमालको सफल आरोहण गरेकी हुन् । रसियाको पश्चिमी ककेसस पर्वत श्रृंखलामा रहेको ५ हजार ६ सय ४२ मिटर अग्लो एल ब्रुस हिमाल रसिया र जर्जियाली सीमा नजिकै पर्दछ । 
 

आरोही शेर्पाले विश्वका अग्ला चौध वटा हिमाल आरोहण गर्ने अभियानका क्रममा नेपालको प्रतिनिधित्व गर्दै रसियामा रहेको एल बु्रस हिमाल आरोहणमा नेपालको राष्ट्रिय झण्डा र योहो टेलिभिजनको झण्डा एल ब्रुसको चुचुरोमा फहराएकी थिइन । आरोही शेर्पालाई असार १२ गते एभरेष्ट ब्रोडकास्टिङ तथा योहो टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले योहो टेलिभिजनको लोगो अंकित झण्डा हस्तान्तरण गरेका थिए ।

 

एल ब्रुस हिमालको चुचुरोमा योहो टेलिभिजनको झण्डा फहराएपछि अध्यक्ष शेर्पाले खुसी व्यक्त गरेका छन् । अध्यक्ष शेर्पाले टेलिभिजनको झण्डा एल ब्रुस हिमालमा फहराउन सफल भएकोमा आरोही माया शेर्पालाई धन्यबाद व्यक्त गरेका छन् ।

 

आरोही माया शेर्पाले सन २००७ यता ३ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा एक पटक कञ्चनजंघा हमाल र  सन् २०१४ मा पाकिस्तानमा रहेको दोस्रो अग्लो शिखर केटुको सफल आरोहण गरिसकेकी छन् ।