प्रवास

ल्हासामा वातावरणमैत्री ८० बस सञ्चालन

ल्हासामा वातावरणमैत्री ८० बस सञ्चालन

ल्हासा । ल्हासामा वातावरणमैत्री ८० बसलाई शनिबारदेखि प्रयोगमा ल्याइएको छ। चीनको दक्षिणपश्चिमी स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हसाको वायुको गुणस्तर नियन्त्रणका लागि स्थानीय प्रशासनले उक्त बसहरूको प्रयोग थालेको हो।

शनिबारदेखि सञ्चालनमा ल्याइएका सबै बसहरू एकै किसिमका विद्युतीय गाडी रहेका र उनीहरूमा स्वचालितरूपमा स्टेसनको जानकारी दिने, चालकले गाडी चलाउँदा अनुगमन गर्ने र व्यवस्थापन प्रणाली जडित गाडी भएको कम्पनीले बताएको छ। कम्पनीले अन्य ३० बसलाई पनि छिट्टै सहरमा सञ्चालनमा ल्याउने बताएको छ। सहरमा चल्ने गरेका पूराना गाडीलाई विस्थापित गरेर नयाँ गाडी सञ्चालनमा ल्याइएको हो।

नयाँ बस सञ्चालनमा आएसँगै ल्हसामा ४ सय २२ वटा विद्युतीय बस गुड्नेछन् र यो सङ्ख्या ल्हासा सहरमा गुड्ने सम्पूर्ण गाडीको ८० प्रतिशत हो। ल्हासामा सञ्चालनमा रहेका सबै पूराना सार्वजनिक सवारीलाई आगामी सन् २०२१ सम्म हटाउने सरकारको नीतिअनुरूप यस्ता बस प्रयोगमा ल्याइएको हो।

वातावरणमैत्री बस