समाचार

आईफा अवार्ड हुन्छ : कानुनमन्त्री ढकाल 

आईफा अवार्ड हुन्छ : कानुनमन्त्री ढकाल 

चर्चित भारतीय आईफा अवार्ड नेपालमा भएरै छाड्ने दावी सरकारका एक मन्त्रीले गरेका छन् । कानून न्याय तथा संसदीय मन्त्री भानुभक्त ढकालले  भारतीय फिल्म अवार्ड ‘आईफा’  हुने दावी गर्दै केही मिडिया र सामाजिक सञ्जालले अतिरञ्जित गरेर हुने नहुने भनेर विवाद बढाउने काम गरेको टिप्पणी गरे ।  

मोरङ व्यापार संघले शुक्रबार गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री ढकालले भने– ‘अवार्ड कार्यक्रम भएरै छाड्छ । यो सरकारले  गर्ने नभई आयोजना गर्ने संस्था अर्कै हो । त्यसैले यस विषयमा सरकार पछि हटिसकेको छैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत एक छुट्टै कार्यक्रममा आइफा अवार्ड नेपालमा हुने विषयको बचाउ गर्दै उपयुक्त समयमा गरिने बताउनु भएको थियो । तर, मुलुकको हित हुने अवस्थामा मात्र कार्यक्रम हुने प्रधानमन्त्री ओलीको भनाई थियो ।  

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गत बुधबार आइफा इभेन्ट नेपालको स्वाधिनता, स्वतन्त्रता र अस्मिताविरोधी रहेको निष्कर्ष निकाल्दै कार्यक्रम रद्द गर्न सरकारलाई निर्देशन दिएको थियो । 
 

आईफा अवार्ड