प्रधानमन्त्रीलाई रंगमतीको चुनौती– मेरो स्कुटरमा बसेर सडक अवलोकन गरौं

प्रधानमन्त्रीलाई रंगमतीको चुनौती– मेरो स्कुटरमा बसेर सडक अवलोकन गरौं

हुम्लाकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरको पछाडि चढाएर शहर घुमाउने इच्छा व्यक्त गरेकी छिन् ।  प्रधानमन्त्री ओलीलाई आफूले चढ्ने स्कूटरको पछाडि राखेर घुमाउने अभिष्ट उनले सार्वजनिक रुपमै व्यक्त गरेकी हुन् । 

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा विहीबार सांसद शाहीले यस्तो धारणा राखेकी हुन् । प्रधानमन्त्री ओलीले केही दिनअघि काठमाडौंमा मास्क लगाएर हिँड्ने काम बन्द भएको भनेर दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै सांसद शाहीले भनिन– ‘म वनस्थली बस्छु, त्यहाँबाट सिंहदरबार आउँदा धुँवा र धुलो सही नसक्नु छ, माक्स नलगाई हिड्नै सकिन्न ।’

स्मार्ट लाइसेन्स, विद्युतीय सवारी साधन सञ्चालन र व्यवस्थापन तथा बहिराहरुलाई लाइसेन्स दिनेबारे समितिमा विहीबार भएको छलफलमा उनले प्रधानमन्त्री ओलीप्रति व्यङ्ग्य गर्दै आफ्नो स्कुटरको पछाडि बसे काठमाडौंको सडक अवस्थाको वास्तविकता प्रमाणित गरिदिने बताइन् । 

गत शनिवार मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले उत्साहित हुँदै भनेका थिए–‘एक वर्ष अघि र अहिले काठमाडौँको सडक हेर्नुस, म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिंड्थे, अहिले मास्क नै लगाउनु पर्दैन ।’

रंगमती शाही

संम्बधित खबर