आइफा अवार्ड नेपालमा नहुने, सर्वत्र विरोधपछि सरकार पछि हट्यो

आइफा अवार्ड नेपालमा नहुने, सर्वत्र विरोधपछि सरकार पछि हट्यो


काठमाडौँ । १९ औँ संस्करणको इण्डियन इन्टरनेशनल फिल्म अवार्ड (आइफा) नेपालमा नहुने निश्चित भएको छ । पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले यस वर्ष आइफा अवार्ड नेपालमा नहुने जानकारी दिनुभयो । आइफा अवार्डलाई लिएर राजनीतिक दलका नेता, फिल्मकर्मीले विरोध गर्दै आएका थिए ।

यसबारे संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अवार्ड वितरण नेपालमा गर्नबाट रोक्न मंगलबार निर्देशन दिएको थियो । मन्त्रिपरिषद्को गत ८ गतेको बैठकले ‘काठमाडौँ महानगरपालिका सह आयोजक रहने गरी नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौँमा इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड आयोजना गर्ने निर्णय गरेको थियो ।
 

संम्बधित खबर