समाचार

उडिरहेको विमानबाट मान्छे खसेपछि, बगैँचामा बसेकाहरु भागाभाग

उडिरहेको विमानबाट मान्छे खसेपछि, बगैँचामा बसेकाहरु भागाभाग

 बेलायतमा उडिरहेको विमानबाट एक वृद्ध मानिस खसेका छन् । उनको मृत्यु भएको छ । बेलायतको हिथ्रो विमानस्थल नजिक एक व्यक्तिको घरको बगैँचामा ती वृद्ध विमानबाट खसेका थिए । ठूलो आवाजसहित ती वृद्ध बगैँचामा खसेपछि त्यहाँ बसेका मानिसहरुबीच भागभाग मच्चिएको थियो ।

 

बगैँचाको भाग नै भासिएको सिएनएनले जनाएको छ । केन्या एअरलाईन्सको विमान नैरोबीबाट बेलायत उडेको थियो । नौ घण्टाको उडान भरेको उक्त विमान बेलायतको हिथ्रो विमानस्थलमा अवतरण गर्नुभन्दा केही अघि ती व्यक्ति विमानबाट खसेका थिए । 


विमान अवतरण गर्नुभन्दा पहिला गियर बक्स खुलेको थियो । ती व्यक्ति गियरबक्समा लुकेको अनुमान गरिएको छ ।