अपराध सुरक्षा

बझाङमा महिलाको हत्या आरोपमा एकजना पक्राउ

बझाङमा महिलाको हत्या आरोपमा एकजना पक्राउ

बझाङ : बझाङको बुंगल नगरपालिका २ मा एक महिलाको हत्या आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सोमबार बेलुका खेतमा पानी लगाउन भनेर घरबाट हिँडेकी २० वर्षीया महिला ललिताकुमारी धामी मंगलबार बिहान मृत अवस्थामा भेटिएकी थिइन्।

धामीको हत्या आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक धामीले बताए। घटनामाथि अनुसन्धान चलिरहेको भन्दै उनले पक्राउ परेका व्यक्तिको नाम खुलाउन चाहेनन्।

स्थानीयले भने उक्त घटनामा दुई जनालाई प्रहरीले नियन्त्रण लिएको बताएका छन्। डडेलधुरा जिल्ला प्रशुराम नगरपालिकाका माधव बोहरा र बझाङ केदारस्युँ गाउँपालिका गोपाल बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको स्थानीयले बताए।

धामीको टाउको किच्चिएको अवस्थामा शव भेटिएको थियो। घटना भएको स्थान सदरमुकाम खलंगाबाट ६५ किलोमिटरको दूरीमा रहेको र मुख्य सडक सञ्जालबाट २५ किलोमिटर टाढा रहेको छ। स्थानीयका अनुसार बीच सडकमा घटना घटाएर छेउमा शव फालेको हो। धामी महेन्द्र उच्च मावि कक्षा १२ मा अध्ययनरत थिइन् ।

स्थानीय भने निर्माणाधीन हाइड्रो पावरको टिपरले टक्कर दिएको भन्दै आक्रोशित बन्नुका साथै दुईवटा टिपरमा आगजनीसमेत गरेका थिए। धामीमाथि सामूहिक बलात्कारपछि हत्या गरिएको स्थानीयको आरोप छ।

पक्राउ