अपराध सुरक्षा

६९ वर्षीया वडा सदस्यबाट ९ वर्षकी बालिकामाथि यौन दुर्व्यवहार

६९ वर्षीया वडा सदस्यबाट ९ वर्षकी बालिकामाथि यौन दुर्व्यवहार


पर्वत । पर्वतमा एक ६९ वर्षीया जनप्रतिनिधिले ९ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोग लागेको छ । अभियोगपछि ती जनप्रतिनिधि पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा नगरपालिका वडा नं ९ मा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य विष्णुहरि पराजुली छन् ।


पराजुलीले साउन ६ गते कुश्मा न.पा. ९ मैँ बस्ने ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले उजुरी गरेको थियो । पीडित परिवारको उजुरीपछि मङ्गलबार पराजुलीलाई गाउँबाटै पक्राउ गरिएको  प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । 


आरोपित पराजुलीलाई मङ्गलबार नै जिल्ला अदालत पर्वतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।  घटना यसअघि गाउँमै आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको भए पनि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिनुभयो ।