अपराध सुरक्षा

बालिकालाई पटक–पटक बलात्कार गर्ने २ जना पक्राउ

बालिकालाई पटक–पटक बलात्कार गर्ने २ जना पक्राउ

नवलपरासी । ११ वर्षीया बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पश्चिम नवलपरासीबाट दुई जनालार्य पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महिनादेखि ती बालिकालाई पटक–पटक जबर्जस्ती करणी गर्दै आएको खुलेको छ ।
 
सोही प्रकृतिको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालले जानकारी दिए । पक्राउ परेका दुवैलाई जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

बलात्कार नवलपरासी पक्राउ बालिका