अपराध सुरक्षा

श्रीमान नभएको मौका छोपी धम्क्याएर बलात्कार

श्रीमान नभएको मौका छोपी धम्क्याएर बलात्कार


कञ्चनपुर । कञ्चनपुरको बेलडाँगी–२ की एक २४ वर्षीया युवतीमाथि स्थानीय एक युवकले धम्क्याएर बलात्कार गरेका छन् । स्थानीय ३५ वर्षीय युवक गणेश रावलले पटक पटक बलात्कार गरेको भन्दै पीडित युवतीले बेलडाँगी प्रहरी कार्यालयमा उजुरी गरेकी हुन् ।

श्रीमान भारत गएको मौकामा वैशाख ३ गते यौनसम्पर्क गर्न नदिए बालबच्चा मारिदिने धम्की दिएर बलात्कार गरेका थिए । त्यसपछि उनले पटक पटक धम्क्याउँदै बलात्कार गरेको भन्दै पीडित युवतीले उजुरी गरेकी हुन् ।

महिलाले आज श्रीमानको साथ बेलडाँगी प्रहरी कार्यालयमा उजुरी गरेकी छिन् । आफू भारत गएको बेला घटना भएको भन्दै पीडित युवतीका श्रीमानले आफू आएपछि मात्र घटनाबारे श्रीमतीले जानकारी गराएको बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण गरी आरोपीको खोजी थालिएको बेलडाँगीका प्रहरी नायब निरीक्षक गणेश दत्त भट्टले जानकारी दिनुभयो । बलात्कार आरोपी युवक भने फरार छन् ।