राजनीति

१ बजे संसद बैठक बस्ने, के गर्ला राजपाले 

१ बजे संसद बैठक बस्ने, के गर्ला राजपाले 


काठमाडौँ । प्रतिनिधि सभाको बैठक १ बजे डाकिएको छ । तर सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुईवटा घटनाको तत्काल छानवीन गर्न संसदीय समिति नबनाएको भन्दै राष्ट्रिय जनता पार्टीले संसद चल्न नदिने जनाएको छ ।

राजपा संयोजक राजकिशोर यादवले सर्लाहीमा भएका मृत्यु प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नगरे संसदमा राजपा सांसदहरुले विरोध गर्ने जानकारी दिनुभयो ।

राजपाले सर्लाहीमा भएका हत्या संवैधानिक प्रावधान विपरीत भएको भन्दै निष्पक्ष छानबिनको माग गर्दै आइरहेको छ ।