विदेश

अमेरीकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, ३ जनाको मृत्यु

अमेरीकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, ३ जनाको मृत्यु


काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा ग्लारिक फेस्टिभलका क्रममा गोली हानाहान हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको बताइएको छ। 


प्रहरीले जवाफी कारवाही गर्दा एक जना बन्दुकधारी मारिएका छन् । प्रत्यक्षदर्शीका अनुसार एक गोरो अनुहार भएका व्यक्तिले फेस्टिभलको विचमा आएर राइफलबाट गोली प्रहार गरेका थिए ।

घटनास्थल सान जोसे सहरबाट करिब ३० किलोमिटर टाढा रहेको छ ।