समाचार

जनस्वास्थ्य अधिकृत १ लाख घुससहित पक्राउ

जनस्वास्थ्य अधिकृत १ लाख घुससहित पक्राउ


काठमाडौँ । काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य अधिकृत १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा सातौं तहका राम अवतार गुप्ता छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।


अख्तियारका अनुसार गुप्ताले जनचेतनामूलक सामग्रीहरु रेडियोमा प्रचार–प्रसार गर्न कोटेशन दिइ कार्यसम्पन्न गरेको भुक्तानी दिए वापत घुस लिएका थिए ।
 

विशेष