समाचार

गलत बकपत्र गर्ने ठेकेदारविरुद्ध १८ लाख बढीको मुद्धा दायर

गलत बकपत्र गर्ने ठेकेदारविरुद्ध १८ लाख बढीको मुद्धा दायर


काठमाडौँ । भ्रष्टाचार मुद्दामा गलत बकपत्र गरेका ठेकेदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेको छ । ठेकेदार कम्पनी एमके/वाईपी जेभीका प्रतिनिधि देवजंग शाहीविरुद्ध १८ लाख ५० हजार रुपैयाँ बिगो र अधिकत्तम ४ वर्ष कैद सजाय मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

 

तत्कालीन जिल्ला प्राविधिक कार्यालय भोजपुरका सिनियर डिभिजनल इन्जिनियर लालु गिरीविरुद्धको मुद्धामा गलत बकपत्र गरेको भन्दै अख्तियारले शाहीविरुद्ध मुद्धा दायर गरेको हो । 


भोजपुर–टक्सार–कोट–गोगने–लेकर्ख सडक स्तरोन्नति योजनाको भुक्तानीका लागि ठेकेदार कम्पनी एमके/वाईपी जेभीका प्रतिनिधि शाहीले घुसवापत तत्कालीन इन्जिनियर गिरीको बैंक खातामा नगद १८ लाख ५० हजार रुपैयाँ जम्मा गरेका थिए । 
 

विशेष