राजनीति

नेकपामा स्कुल विभाग विवाद, सचिवालय बैठक स्थगित

नेकपामा स्कुल विभाग विवाद, सचिवालय बैठक स्थगित


काठमाडौँ । स्कुल विभागमा कसले नेतृत्व लिने भन्नेबारे विवाद बढेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार दिउँसो बोलाइएको सचिवालय बैठक स्थगित भएको छ । बैठक सोमबार बस्ने भएको छ ।

स्कुल विभागको नेतृत्व कसले पाउने भन्ने विवाद चुलिएपछि नेकपाका दुवै अध्यक्षले सहमति खोज्ने भन्दै बैठक सोमबारसम्म स्थगित गरेको बुझिएको छ । स्कुल विभागमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नेतृत्व दाबी गर्दै आएका छन् ।