समाचार

स्थानीय तहमा विकृति : मदिरा सेवन गर्न कार्ड वितरण  

स्थानीय तहमा विकृति : मदिरा सेवन गर्न कार्ड वितरण  


काठमाडौँ । पछिल्ला दिनमा सामाजिक सञ्जालमा भाइरल बनेको अर्को तस्वीर हो एक गाउँपालिकाको । प्रदेश ७ को गौमुल गाउँपालिकाले छापेको अतिथि मदिरा सेवन कार्डमा लेखिएको छ –‘स्वस्थ जीवनका लागि व्यवस्थित मदिरा सेवन । ’’ मदिरा सेवन कहिले पनि स्वस्थ जीवनका लागि हुन्न । 


तर, प्रदेश ७ को गौमुल गाउँपालिकाले छापेको यस कार्डमा यस्तो उल्लेख गरिएपछि सामाजिक सञ्जालभरी खिल्ली उडाइएको छ । यसबारे गाउँपालिकाले भने केही प्रतिक्रिया दिएको छैन ।