अपराध सुरक्षा

१२ वर्षअघि हत्या गरेर फरार व्यक्ति प्रहरीको फन्दामा 

१२ वर्षअघि हत्या गरेर फरार व्यक्ति प्रहरीको फन्दामा 


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १२ बर्ष अघि हत्या गरी फरार रहेका व्यक्ति पक्राउ गरी सार्वजनिक गरेको छ । 


२०६४ साल पुष २७ गते ललितपुर इमाडोलकी तारा भनिने सुनिता लामाको छुरा प्रहार गरी हत्या गरेर फरार राजेश लामालाई १२ वर्षपछि पक्राउ गरेको हो । राजेशलाई यही १० गते काठमाडौंबाट पक्राउ गरिएको व्युरो प्रमुख डिआईजी निरज बहादुर शाहीले जानकारी दिनुभयो । 


लामो समयदेखि प्रेम सम्बन्धमा रहेका राजेश र सुनिताबीच विवाहको विषयलाई लिएर विवाद भएको थियो । राजेशले विवाहको प्रस्ताव राख्दा सुनिताले अस्वीकार गरेका कारण उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको शाहीले जानकारी बताउनुभयो ।