राजनीति

शक्तिशाली ओली सरकारले देउवा सरकारले भन्दा ११ किमी बढी सडक कालोपत्रे गर्‍यो  

शक्तिशाली ओली सरकारले देउवा सरकारले भन्दा ११ किमी बढी सडक कालोपत्रे गर्‍यो  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संघीय सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भन्दा ११ किलोमिटर धेरै सडक कालोपत्रे गरेको छ । 

प्रधानमन्त्री ओलीले धेरैजसो भाषणमा गत वर्ष सरकारले धेरै सडक कालोपत्र गरेको भन्दै आए पनि त्यो पूर्वप्रधानमन्त्री देउवाको भन्दा ११ किलोमिटरमात्र बढी हो । 

सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ को (देउवा सरकारको अवधि)मा तुलनामा गत आर्थिक वर्ष ०७५/७६मा ११ किलोमिटर धेरै सडक कालोपत्रे भएको हो । ओली नेतृत्वको सरकारले आर्थिक वर्ष ०७५/७६ मुलुकभर ९ सय १५ किलोमिटर सडक कालोपत्रे गरेको छ ।

शेरबहादुर देउवाको आठ महिना र ओली नेतृत्वको सरकारले चार महिना गरेर आर्थिक वर्ष ७४÷७५ मा मुलुकभर नौ सय चार किलोमिटर सडक कालोपत्रे भएको छ । 
यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो ।