राजनीति

सत्ता पक्षका भएर पनि पटकपटक सरकारलाई अप्ठ्यारोमा पार्छन् प्रचण्ड

सत्ता पक्षका भएर पनि पटकपटक सरकारलाई अप्ठ्यारोमा पार्छन् प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी प्रतिबन्धविरुद्ध क्युबाली जनताको संघर्षमा ऐक्यबद्धता जनाएका छन् । 

कम्युनिष्ट मुलुक क्युबामा लामो समयदेखि अमेरिकाले विभिन्न किसिमका प्रतिबन्ध लगाउँदै आएको छ । 

काठमाडौंमा आयोजित क्युवाप्रतिको ऐक्यबद्धतासम्बन्धी नवौं एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै दाहालले समाजवाद प्राप्तिको लक्ष्यका लागि क्युवाली कम्युनिस्ट पार्टीको योगदानको प्रशंसा गरे । दाहालले अमेरिकाको आर्थिक प्रतिबन्धविरुद्ध क्युवाली जनताले देखाएको साहसको पनि प्रशंसा गरे । 

‘दशकौंदेखिको प्रतिबन्ध र नाकाबन्दीका बाबजुद क्युवाली जनताले अन्यायपूर्ण व्यवहारबाट शान्ति र स्वतन्त्रताप्रेमी जनतालाई मार्न सकिँदैन भन्ने कुरा विश्वलाई देखाइदिएका छन्’ दाहालले भने । 
नागरिक दैनिकबाट