अपराध सुरक्षा

श्रीमतीलाई जबर्जस्ती करणी गर्ने पक्राउ

श्रीमतीलाई जबर्जस्ती करणी गर्ने पक्राउ


धरान । दुई महिना अघि विवाह गरेकी १७ वर्षीय श्रीमतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा धरानमा एक पक्राउ परेका छन् ।  भोजपुरको टेम्के मैयुङ गाउँपालिकाकी १७ वर्षीया सुनिता थापालाई जबर्जस्ती करणी गरेको भन्दै उनका २१ वर्षीय श्रीमान युवराज कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

थापासँग प्रेम विवाह गरेका कार्की सुनसरीको धरान उपमहानगरपालिका–६ का हुन् । श्रीमानले जबर्जस्ती गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा सुनिताले विहिबार किटानी जाहेरी दिएपछि प्रहरीले कार्कीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । 


प्रहरीले सुनिताको वीपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण समेत गरेको छ। सुनिता र युवराजले गत वैशाख २७ गते प्रेमपश्चाद् मागी विवाह गरेका थिए । श्रीमानविरुद्ध मुद्धा दर्ता गरेकी सुनिता अचेल आफन्तकहाँ बस्छिन् ।