विदेश

आप्रवासी बोकेको डुंगा डुब्दा ११५ जना बेपत्ता

आप्रवासी बोकेको डुंगा डुब्दा ११५ जना बेपत्ता


काठमाडौँ । अफ्रिकी मुलुक लिबियाको तटीय क्षेत्रमा आप्रवासी बोकेको एउटा डुंगा डुब्दा कम्तिमा ११५ जना बेपत्ता भएका छन् । डुंगामा सवार १३४ जनाको उद्धार गरिएको छ ।

डुंगा दुर्घटना हुँदा बेपत्ता एकको भने शव भेटिएको छ । करिब २५० आप्रवासी बोकेको डुंगा दुर्घटनामा परेको हो । डुंगामा सवार अधिकांश अफ्रिकी र अरबी मुलुकका आप्रवासी भएको बताइएको छ ।