समाचार

स्कुलको बसबाट लागु औषध र नक्कली नोट तस्करी

स्कुलको बसबाट लागु औषध र नक्कली नोट तस्करी


काठमाडौँ । कपिलवस्तुमा एउटा निजी विद्यालयको बसबाट प्रहरीले लागु औषध र नक्कली नोट बरामद गरेको छ । पिस ग्लोबल इंग्लिश बोर्डिङ स्कूलको बसमा विशेष सूचनाको आधारमा खानतलासी गर्दा लागुऔषध र नेपाली नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

मायादेवी गाउँपालिका–४ चाकरचौडामा लु.१ क. १५५४ नम्बरको उक्त बसको टुलबक्सबाट १० पोका खैरो रङको हिरोईनजस्तो देखिने लागुऔषध र नेपाली ५०० दरको एउटै नम्बरको ८८ थान नक्कली नेपाली रुपैयाँ बरामद भएको हो ।

चालक २६ वर्षीय देउकीनन्दन कसौधनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक दीप शम्सेर जबराले जानकारी दिनुभयो ।