समाचार

चितवनमा सवारी दुर्घटना, १५ जना घाइते 

चितवनमा सवारी दुर्घटना, १५ जना घाइते 


मुग्लिङ । चितवनको मुग्लिङमा सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । वीरगञ्जबाट धादिङ जाँदै गरेको ना.८ ख. ६०५८ नम्बरको यात्रुबाहक बस र काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना.६ ख. २८९५ नम्बरको मालबाहक ट्रक आज बिहान ८ः४० बजे पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना– ४ लेवाटारमा एकआपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।


घाइतेको उपचारका लागि भरतपुर लगिएको छ । दुर्घटनापछि अवरुद्ध भएको सडक बिहान १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ । ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ ।