विदेश

चीनमा पहिरो कम्तीमा २४ जनाको मृत्यु

चीनमा पहिरो कम्तीमा २४ जनाको मृत्यु


एजेन्सी । चीनको दक्षिणपश्चिमी प्रान्त क्विचोमा मङ्गलबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । घटनामा २७ जना अझै वेपत्ता रहेको स्थानीय अधिकारीले जनाएका छन । पहिरोमा परी २२ परिवारका ७७ जना पूर्णरूपमा विस्थापित भएका छन् ।   


उद्धारकर्ताहरूले पहिरोमा परी वेपत्ता चिनियाँहरूको खोजी गरिरहेका बताइएको छ । पहिरोमा परी घाइते अवस्थामा उद्धार गरिएका कम्तीमा ११ जनालाई उपचारका लागि स्थानीय अस्पतालहरूमा पठाइएको छ ।