नेतृत्व नसच्चिए कांग्रेस सकिन्छ : पुन  (भिडियोसहित)

नेतृत्व नसच्चिए कांग्रेस सकिन्छ : पुन  (भिडियोसहित)


काठमाडौँ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पछिल्ला दिनमा छलफल तीव्र पारेका छन् । नेपाली कांग्रेस इतिहासमैँ कमजोर बनेको र दुई तिहाईको सरकार र नेकपाविरुद्ध प्रमुख प्रतिपक्षीमा टक्कर दिनेगरी आगामी दिनमा एजेण्डा, राजनीतिक कार्यदिशा र जनसवालका विषय समाधान गर्न नेतृत्वले अहिलेदेखि नै ध्यान दिनुपर्ने नेपाली कांग्रेस रोल्पा सभापति अमरसिंह पुनको भनाइ छ ।

पछिल्लो दिन तल्ला तहका संगठनको अधिवेशन र नियमावलीबारे नै मतैक्यता छैन । उनी भन्छन –‘ जिल्ला, प्रदेशसंरचनासम्मको अधिवेशन तत्काल गरिहाल्नुपर्छ । ’

तर यसमा नेतृत्वले अलि जोडतोडले चासो दिएका छैनन् । यसमा सहमत भएपनि कार्यान्वयनमा कसरी जान्छ भन्ने मुख्य विषय हो । 


नेपाली कांग्रेसले भदौदेखि दोस्रो जनजागरण अभियान थाल्ने जनाएको छ । तल्लो तहसम्मै गुटगत प्रवृत्तिले कांग्रेस सकिँदै गएको कांग्रेसका नेताहरु बताउँछन् । यिनै सन्दर्भमा पूर्वमन्त्री समेत रहेका पुनसँग गरिएको कांग्रेसको आगामी स्वरुप, वर्तमान राजनीतिक विषयलगायतबारे गरिएको कुराकानी 
 

संम्बधित खबर