राजनीति

प्रचण्ड र बाबुरामलाई ‘हेग’ लैजाने तयारी

प्रचण्ड र बाबुरामलाई ‘हेग’ लैजाने तयारी

सशस्त्र द्वन्द्व र १७ हजार नेपाली मारिएको विषयलाई मुद्दा बनाउँदै तत्कालिन युद्ध कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र युद्धका प्रमुख योजनाकार डा. बाबुराम भट्टराईलाई अन्तर्राष्ट्रिय अदालत ‘ द हेग’ मा लैजानी तयारी सुरु भएको छ । 

बर्हिगमित जनमुक्ति सेनाले आफूहरुमाथि चरम अन्याय र धोका भएको भन्दै उनीहरुलाई ‘हेग’ लैजाने तयारी सुरु गरेको हो । काठमाडौंमा विहीबार पत्रकार सम्मेलन गर्दै  बर्हिगमिन जनमुक्ति सेनाले पुनः स्थापनाको लागि तीन महिना भित्र आवश्यक र उपयुक्त सहयोग प्रदान नगरे हेगको प्रक्रिया सुरु गर्ने चेतावनी दिएको छ । 

पत्रकार सम्मेलनमा पूर्व बाल लडाकुको संस्था बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका इन्चार्ज लेनिन बिष्टले भने “कि त प्रभावित बालबालिकाहरुका लागि आवश्यक र उपयुक्त सहयोग गरियोस । ’ 

बिष्टले जनयुद्धको औचित्य पुष्टि गर्न चुनौती पनि दिए । भविष्यमा फेरि गरीब नेपालीका छोराछोरी युद्धमा प्रयोग हुँदैनन भन्ने सुनिश्चितता गर्न पनि उनले माग गरे । बिष्टले बर्हिगमित जनमुक्ति सेनाहरुको तत्काल बिनासर्त रिहा गर्न पनि माग गरे ।