राजनीति

निर्मला हत्याकाण्डको एक वर्ष पूरा : हत्यारा पत्ता लगाउन सरकार असफल भएको कांग्रेसको आरोप

निर्मला हत्याकाण्डको एक वर्ष पूरा : हत्यारा पत्ता लगाउन सरकार असफल भएको कांग्रेसको आरोप


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सरकार लज्जास्पद ढंगले असफल भएको आरोप लगाएको छ ।

गत वर्ष साउन ९ गते घरबाट बेपत्ता भएर भोलिपल्ट अर्थात साउन १० गते मृत फेला परेकी निर्मला पन्तको हत्या तथा बलात्कारमा संलग्नको खोजी गर्न सरकारले नसकेको कांग्रेसले निष्कर्ष निकालेको छ । 

निर्मला पन्तको बलात्कारपछि हत्या भएको भोलि एक वर्ष पुग्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसित कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई कारबाही गर्नुको सट्टा गृहमन्त्रीबाट आएको गैरजिम्मेवार अभिव्यक्तिले सरकार अपराधीको संरक्षणमा लागेको पुष्टि भएको आरोप लगाउनुभयो ।