जनताप्रति सेवामुखी हुन प्रधानमन्त्रीको कर्मचारीलाई निर्देशन 

जनताप्रति सेवामुखी हुन प्रधानमन्त्रीको कर्मचारीलाई निर्देशन 


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका  हात खुट्टा भनेका कर्मचारी भएकाले सेवामुखी हुन सुझाव दिनुभएको छ । प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार राहत कोषमा दश लाख रुपैयाँ हस्तान्तरण गर्न पुगेको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनका पदाधिकारीहरुलाई प्रधानमन्त्रीले यस्तो निर्देशन दिनुभएको हो ।

“कर्मचारीहरु सेवामुखी भए भने जनतामा सरकारप्रतिको सकारात्मक सन्देश पनि जान्छ ।” प्रधानमन्त्रीले बताउनुभयो । 


“कतिपयले माग राख्नु अघि नै आन्दोलन गर्न सुरु गर्ने गरेकोप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले अब सिर्जनशील काम र देशका लागि योगदान गर्ने समय आएको बताउनुभयो । 


सरकार सुशासन र विकासका निम्ति प्रतिवद्ध रहेकाले सरकारको अभियानलाई साथ दिन प्रधानमन्त्रीले कर्मचारीहरुलाई आग्रह गर्नुभयो । 

प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार राहत कोषमा १० लाख हस्तान्तरण
प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार राहत कोषमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले १० लाख नगद हस्तान्तरण गरेको छ । 

केडिया ग्रुपले दियो १५ लाख 
त्यस्तै, व्यापारिक समुह केडिया ग्रुपले पनि १५ लाख हस्तान्तरण गरेको छ । राहत रकमको चेक बुझ्नुहुँदै प्रधानमन्त्री ओलीले बाढी पहिरोको चपेटामा परेका जनतालाई सहयोग गर्नका लागि रकम हस्तान्तरण गरेकोमा ट्रेड युनियन र केडिया ग्रुपलाई धन्यवाद दिनुभएको थियो । 

संम्बधित खबर