समाचार

५७ हजार ३०९ भूकम्पपीडितले गरेनन् अनुदान सम्झौता

५७ हजार ३०९ भूकम्पपीडितले गरेनन् अनुदान सम्झौता


काठमाडौँ । विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त निजी आवास पुनःनिर्माण  लागि अनुदान लाभग्राहीमा परेका ५७ हजार ३०९ भूकम्पपीडितले अनुदान सम्झौता नगरेको पाइएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार लाभग्राही सूचीमा परेपनि यति धेरै पीडितले अनुदान सम्झौता नै नगरेका हुन ।

 

त्यस्तै अनुदान सम्झौता गरेर पनि ५ हजार ५ सय ४० भूकम्पपीडितले रकम बुझेनन् ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेलाई लाभग्राहीको सूचीबाट हटाएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो ।

 

प्राधिकरणले २०७६ जेठ मसान्तसम्म लाभग्राही सूचीमा समावेश भएकाले अनुदान सम्झौता गर्ने समयसीमा २०७६ असार २१ गतेसम्मलाई तोकेको थियो ।  

अनुदान सम्झौता गरेकाले पहिलो किस्ता लिने समयसीमा २०७६ असार मसान्तसम्म तोकेको थियो । प्राधिकरणले समयमा अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको सबै काम स्थगित गर्न सरोकार भएका निकायलाई निर्देशन दिएको सह–प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । 


 

ADVERTISEMENT