समाचार

लमजुङको दोर्दीखोलामा अचानक बाढी, ४ जनाको मृत्यु

लमजुङको दोर्दीखोलामा अचानक बाढी, ४ जनाको मृत्यु


लमजुङ । लमजुङको दोर्दीखोलामा आज दिउँसो अचानक आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौं बेपत्ता भएका छन् ।


बगाएकामध्ये दुई जनाको शव दोर्दी गाउँपालिकाको शेरापुलनजिक र अर्का दुईजनाको शव कीर्तिपुरबेसीमा भेटिएको छ । मनास्लु हिमाल काखबाट बगेको दोर्दीमा मुहान वरपर पहिरो गएका कारण बाढी आएको स्थानीयले बताएका छन् ।

दोर्दी गाउँपालिका वडा नम्बर–६, ताँजेमा रहेको ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत् आयोजनाको टनेलमा बाढी फस्दा तीनजना बेपत्ता भएका छन् ।

टनेलभित्र बाढी पसेपछि फसेका १७ मजदुरमध्ये १४ जनाको सकुशल उद्धार गरिएको आयोजनाका प्रवर्द्धक केशव रायमाझीले जानकारी दिए । अझै तीन जना हराईरहेका छन् । उनीहरुको खोजी भइरहेको छ ।

बाढीले आयोजनाको दुईओटा लोडर, दुईओटा ट्याक्टर, दुईओटा कम्प्रेसर, एउटा जेनेटरलगायतका सामग्री बगाएको रायमाझीले बताए ।

बाढीले अरु धेरै जनधनको क्षति पुगेको स्थानीयले बताएका छन् ।