विदेश

थाइल्याण्डको सैनिक शिविरमा आक्रमण, ४ जना मारिए 

थाइल्याण्डको सैनिक शिविरमा आक्रमण, ४ जना मारिए 


काठमाडौँ । थाइल्याण्डको एक सैनिक शिविरमा भएको आक्रमणमा ४ जना सैनिक मारिएका छन् । पत्तानी प्रान्तको दुर्गम क्षेत्रमा बन्दुकधारीले सैनिक शिविरमा गरेकोआक्रमण लडाकु र सुरक्षाकर्मीबीच घण्टौंसम्म भिडन्त भएको थियो। आक्रमणमा परी मारिनेमा सेनाका एक वरिष्ठ अधिकारी, दुई सुरक्षा स्वयंसेवक र एक गाउँले छन् ।

 

आक्रमणका क्रममा गम्भीर घाइते भएका दुई जनालाई अस्पताल भर्ना गरिएको र उनीहरुको अवस्था चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणमा बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको थाई राज्यविरुद्ध आत्म निर्णयका लागि युद्ध गर्दै आएका दक्षिण थाइल्याण्डमा सक्रिय मले मुसलमान लडाकुको संलग्नता रहेको हुनसक्ने शंका गरिएको छ ।