Breaking News कभर स्टोरी

अहिलेका कृषिमन्त्रीमा सुन्ने क्षमता नै छैन, गर्ने त के कुरा ! (भिडियोसहित)

अहिलेका कृषिमन्त्रीमा सुन्ने क्षमता नै छैन, गर्ने त के कुरा ! (भिडियोसहित)

मदन राई, कृषि वैज्ञानिक हुन् । किसान र कृषिसँगको उनको सम्बन्धका कारण उनलाई जनताले ‘विकासे राई’, ‘स्याउ बाजे’ जस्ता उपनाम दिएका छन् । उनीसँग यसपटक कृषिमै आधारित रहेर कुराकानी गरेका छौं । 

 

मुस्ताङको गाउँ गाउँ पुगेर स्याउका बोट रोप्ने मान्छे तपाईं, अहिले हामी चामल पनि भारतबाट किनेर खाने स्थितिमा पुगेको देख्दा कस्तो लाग्छ ? 

 

हामी धान दिवस मनाउछौं । विदेशबाट चामल किनेर खान्छौं । म त खेतिपाती सिकाउने मान्छे हो । मलाई स्याउ बाजे भन्थे मुस्ताङमा । संसारमा २० देशमध्ये नेपाल एक थियो, धान उत्पादनको दृष्टिले । सम्भावना अहिले पनि त्यही हो । यस्तो देशमा आज हाम्रै अकर्मण्यताको कारण यो अवस्था आयो । नीति बनाउने र जनताको अकर्मण्यताले गर्दा नेपाल जस्तो सम्भावनायुक्त मुलुकको यो हालत भयो । अहिले पनि अर्गानिक देश भएको छ । विशेषगरी भात नखाइ नहुने देशमा हामी परजीवी भएका छौं । 

 

२८ सालतिर म नेपालको खाद्य संस्थान र कृषि सामाग्री संस्थानमा काम गर्दा लाखौ टन चामल नेपालमा किनेर बंगलादेश, पाकिस्तान भारत पठाउने गरेका थियौं । चामल बेच्ने देश हो । चामल किन्ने कुरै थिए । आज ३० अर्ब रुपैयाँको चामल हामीले किनेर खानु पर्छ । वर्षको १ सय केजी एक जनाले खायो भने पनि ४५ लाख टन भए नेपालीलाई पुग्छ । यति धान उत्पादन नहुने पनि होइन । तर लाखौं टन चामल आयान गर्नु पर्ने अवस्था छ । 
 
 

 हामीसँग धान उत्पादन गर्ने क्षमता नभएकै हो ? 
 

अहिले पनि १५ लाख हेक्टरमा धान उत्पादन हुन सक्छ । १० लाख हेक्टरमा त सिँचाई सुविधा छ । १० लाखबाट ७ को दरले पनि ७० लाख टन धान उत्पादन हुन्छ । हामीले पुगी हाल्छ । हाम्रोमा सबै अर्गानिक हुने सम्भावना पनि उत्तिकै छ । धान चाहिँ भल पानीले पनि हुन्छ । नेपालमा धानको उत्पादन कहिले पनि घटेको थिएन । मल नै नहाल्दा पनि हुन्थ्यो । तर हाम्रो नेपालको प्रत्येक कुरा राजनीति र किताब घोकेर ठालू हुने प्रवृत्ति छ । लोकसेवाले मान्छेलाई ठालू बनाउन कर्मचारी नियुक्त गर्छ । राजनीति गरेपछि ठूलो मान्छे हुन पाउने, पैसा कमाउन पाउने सोचाई छ । यो कुसंस्कृतिले नै सबै बिगारेको हो । 
प्रविधिले ल्याएको क्रान्तिका कारण पनि हामीलाई छोपेर ल्याएको छ ।

 

">

 

धान फलाउन सक्ने सबैतिर बाली लगाउने हो भने एकै  वर्षमा आत्मनिर्भर हुन सकिन्छ । यस्तो कुरामा पनि किन कुनै राम्रो नीति आउँदैन ? 

नेपालमा नहुने कुरा केही पनि  छैन । संसारको जे जतिको अवसरहरु छन्, हाम्रो देशमा सबै कुरा छ । सबै तापक्रम छ । तराई तातो छ । उपत्यका सीतल । हिमालमा चिसो छ । जलवायुमा यति धेरै विविधता छ । यस्तो देशमा यति धेरै बरदान प्राप्त देशमा सबैभन्दा चुत्थो कर्म गर्ने हामी आफै भयौं । मतदान गर्ने जनता, मत माग्ने नेता, काम गर्ने कर्मचारी यिनीहरुले आफूले देशका लागि गर्ने भन्ने केही पनि छैन । भन्ने कल्पना गरेनन् । केबल म मात्रै हुने, मेरो लागि मात्रै गर्दा नेपाल बिग्रेको हो । 
मपाईं कल्चरले गर्दा हामी मासिएका छौं । 

 

किसानले राहत पाएनौ भन्छन् । उत्पादन भन्दा लगानी बढी हुन थाल्यो भनेका छन् । कसरी मिलाउने ? 
 

सबै कुरा गएर राजनीति र शासनमा गएर ठोकिन्छ । हिजो नीति ‘जोत्नेलाई जमिन देऊ’ भनियो । त्यो भूमिसुधारका नाममा गलत अभ्यास भयो । संसार उल्टियो । ठूला फाँटहरुमा प्रविधि प्रयोग गरेर धेरै उत्पादन गर्न थालियो । हामीले हलो छाड्न सकेनौं । एक जनाले मेसिनबाट गर्दा सय रोपनी गर्न सक्छ खेती । हलोबाट गर्दा आधा रोपनी गर्न सक्छ । यसबाट लागत बढी भयो, आम्दानी कम हुन्छ । कृषिमा प्रविधि प्रयोग नगरेसम्म हामी कतै पनि पुग्दैनौं । 

 

हरेक ठूलो देशहरुले किसानलाई अनुदान दिन्छन् । अनुदानबाट लागत कम गराइदिन्छ । नेपालमा त अनुदान चाहिँ टाठाबाठाले खाइदिन्छन् । कसरी हुन्छ, आफ्नै पकेटमा हाल्ने चिन्ता हुन्छ । 

 

अहिले १६५ खर्ब वार्षिक अुनदान चीनले दिन्छ । भारतले पनि कम्तिमा ५० खर्ब अनुदान दिन्छ । हामीले भन्दा बढी अनुदान दिन्छन् । हाम्रोमा ३ अर्ब अनुदान छ । उनीहरुमा खर्बौैं छ । भारत चीनले सिँचाई, प्रविधि, बजारको व्यवस्था राम्रो गरिसकेका छन् । नेपालमा त खर्च चाहिँ थोरै छुट्याउँछन् । जसले छुट्याउँछ, उसैले राख्छन् । 

 

भारत र चीनका सस्ता कृषि उपजबाट नेपाली किसानलाई कसरी जोगाउने ? विदेशी वस्तु प्रतिबन्ध लगाए के हुन्छ ? 

अहिले विश्व व्यापार संगठनमा नेपाल गएका कारण प्रतिबन्ध लगाएका कारण केही समस्या छ । अस्ति तरकारी, फलफूलको विषादी परीक्षण गर्ने भनियो । त्यसरी अचानक गर्नु हुँदैन । योजनाबद्ध तरिकाले गर्नुपर्छ । नेपालभित्र नभइ नहुने भनेको धान हो । अन्नबाली हो । धान खेती गर्नेलाई अनुदान, ऋण र बीमा सबै गरिदिनु पर्छ । त्यसपछि जग्गा एकीकरण गर्नु पर्छ । सय विघा बिना कृषि गर्नु नै बेकार हो । एक जनाको सय विघा हुँदैन । सय जना मिलेर सय विघाको चक्ला बनाउने र त्यहाँ अनुदान दिने हो भने राम्रो हुन्छ । राम्रो नीति भयो भने कृषिमा जो पनि आउँछ । 

 

कृषिसम्बन्धी जति पनि कर्मचारी छन्, सबैलाई एकै पटक निष्कासन गर्ने हो भने पनि कृषि उत्पादन कम हुँदैन । तिनीहरुको उपादेयता छैन भन्छन् नी ? 
 

म त भन्छु कृषिका कर्मचारी मात्रै होइन । सबै कर्मचारीलाई हटाए पनि हुन्छ । कर्मचारीले देश जोगाउने हो र ? यो देश त जनताले जोगाउने हो । घोकेर पास भएका कर्मचारीले सिर्जनात्मक काम गर्न सक्दैनन् । समस्या कर्मचारीतन्त्र र राजनीतिमै छ । नेपालको लोकसेवा आयोगको संरचना ध्वस्त पार्नु पर्छ । स्थायी भयो कि काम गर्नै नपर्ने भन्ने छ । यो थिति समाप्त गर्नुपर्छ । सबैलाई करारमा नियुक्त गर्नुपर्छ । सबै कर्मचारी भर्ना गर्दा करारमा राख्ने हो । एक वर्षको करारमा राख्ने, काम जिम्मेवारी दिने । काम गर्न सकेन भने अर्को पटक हटाइदिने हो नी । त्यस्तो नगरी त हुँदै हुँदैन । 

 

कृषि मन्त्रालय त लिन नै रुचाउँदैनन् नी ? 
 

कृषि मन्त्रालय त हाँसोको , फिस्स हाँसिदिने मन्त्रालय हो । अज्ञान र अर्धज्ञानको पराकाष्ठ हो । अर्थतन्त्रको ज्ञान शुन्य भएपछि यस्तो हुन्छ । प्रकृति भनेको सत्य हो । धर्म भनेको अर्ध सत्य हो । अर्थतन्त्रमा कृषिको महत्व छ । तर कृषि मन्त्रालय लिन चाहँदैनन् शक्तिशाली नेताहरु । कृषि भएन भने अर्थतन्त्र चल्दैन भन्ने राजनीतिक ठगहरुलाई थाहा छैन । अर्थ, गृह, परराष्ट्रमा धेरेको ध्यान हुन्छ । 

 

अहिलेका कृषिमन्त्रीलाई सुझाव के छ ? 
 

चक्रपाणि खनाललाई मैले पटक पटक भेटेको छु । उहाँले पनि मेरो कुरा सुनेको भन्नुहुन्छ । मैले अर्गानिक देशको हिरो बन्नूस भनेको छु । अस्ति सम्मेलन गराउनु भएको थियो । पाँच मिनेट मैले पनि बोले । कृषिमन्त्रीमा सुन्ने क्षमता नै छैन । गर्ने क्षमता नै त परेको कुुरा हो । उहाँले मेरो घर, स्कुलमा आउने हो भने उहाँले धेरै कुरा देख्नुहुन्थ्यो । व्यवसायिक खेती कसरी गर्ने भन्ने कुरा पटक पटक भनेको छु । 

 

जमिन एकीकरण गर्ने, प्रविधि मैत्री बनाउने, सिँचाई सुविधा, भण्डारको व्यवस्था गर्ने, बीमाको प्रबन्ध गर्ने, अनुदान दिने आदि काम गर्ने हो भने नहुने कुरै छैन । पैसा, किसान, अवसर कुनैको कमि छैन । सबैको ध्यान गृह, रक्षा, अर्थमा छ । मन एकातिर, ज्यान अर्को तिर भएपछि केही उपाए लाग्दैन । 
यो सरकारबाट कुनै सुधारको संकेत देखिँदैन । 
">