समाचार

ओरालोमा भारतीय ट्रकको ब्रेकफेल भएपछि 

ओरालोमा भारतीय ट्रकको ब्रेकफेल भएपछि 


हेटौँडा । ब्रेकफेल भएको एक भारतीय ट्रकले अन्धाधुन्ध ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । 
वीरगन्जबाट सामान लिएर हेटौंडा आउँदै गरेको ट्रक हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेमा ‘ब्रेकफेल’ भएर अनियन्त्रित बनेको थियो ।

ओरालोमा ब्रेकफेल भएपछि ट्रकले बाटोमा आइरहेका मोटरसाइकल, टेम्पो, टाटासुमो जिप, मिनिबस र बस गरी आधा दर्जन सवारी साधनलाई पनि ठक्कर दिएको थियो ।  कन्टेनर ट्रकले ना१ज ७७८६ नम्बर सुमो, बा६६प ६२१३ नम्बरको मोटससाइकल र ना१ह ८८२४ नम्बरको अटोलाई थिचेको थियो भने ना५ख ५११३ र ना४ख ३१४१ नम्बरको बस, को१च २२६७ नम्बरको कुखुरा बोक्ने गाडि र भे१क ६३१ नम्बरको ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

अन्धाधुन्ध ठक्कर दिएको ट्रक अन्तिममा सडकमा पल्टिएको थियो । .घटनामा पाँचजना घाइते भएका छन् । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका बसामाडी बस्ने अटोचालक सुजन ढकाल र अर्का एक जना छन् । 

ADVERTISEMENT