मुख्य समाचार

हिलोको दलदलमा फसेर दिदी–बहिनीसहित फूपुको मृत्यु

हिलोको दलदलमा फसेर दिदी–बहिनीसहित फूपुको मृत्यु

घोराई । दाङको घोराही उपमहानगरपालिका–१८ अम्वापुरको पैतीखोलास्थित हिलोको दलदलमा फसेर तीन जनाको मृत्यु भएको छ । आइतबार बेलुकी खेतमा रोपाइँ सकेर घर फर्किने बेला हातखुट्टा धुन गएको समयमा दलदलमा फसेर दुई दिदीबहिनी र फूपु गरी तीन जनाको मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा १९ वर्षीया वसन्ती विक,१९ वर्षकै झरना विक र १६ वर्षीया अमृता विक रहेका छन् । एसपी पाण्डेका अनुसार झरना र अमृता दिदीबहिनी हुन् भने वसन्ती फूपु हुन् ।सुरुमा एक जना किशोरी हातखुट्टा धुने क्रममा खाल्डोमा डुबेको र उनलाई तान्ने क्रममा अन्य दुई जनाको समेत ज्यान गएको प्रहरीले जनाएको छ ।

दाङ घोराही उपमहानगरपालिका मृत्यु बेलबहादुर पाण्डे