अपराध सुरक्षा

युवती बलात्कार गरेर भाग्ने व्यक्ति सेनाको व्यारेकमा लेखापाल 

युवती बलात्कार गरेर भाग्ने व्यक्ति सेनाको व्यारेकमा लेखापाल 

पर्सा । पर्सामा युवतीमाथि बलात्कार गरी फरार भनिएका एक व्यक्ति नेपाली सेनामा लेखापाल पदमा कार्यरत रहेको पाइएको छ । वीरगन्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणमा लेखापालको रुपमा कार्यरत दुर्गा तिमिल्सिना जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका छन् ।

 

२०७४ साउन १ मा भएको बलात्कार घटनाका अभियुक्त तिमिल्सिनालाई सेनाकै ब्यारेकबाट पक्राउ गरेको छ । जबर्जस्ती करणीको उजुरीपछि उनी फरार थिए ।