विचित्र विश्व

संसार हल्लाउने भविष्यवाणी

राजु सुवेदी ‘कल्पित’

संसार हल्लाउने भविष्यवाणी

संसारका विभिन्न भागमा भविष्यद्रष्टाहरुद्वारा विगतमा कैयन भविष्यवाणी गरिएका छन् । ती भविष्यवाणी कुनै सत्य, कुनै अद्र्ध सत्य तथा कुनै झुठा प्रमाणित भएका छन् । तैपनि विश्व इतिहासमा भविष्यदर्शीहरुले दिएका विचारको आआफ्नै महत्व छ । चार शताब्दी पहिले फ्रान्समा एक भविष्यद्रष्टा जन्मिए । जसको नाम थियो– माइकल नोस्ट्राडमस । जसले विश्वका विभिन्न पक्षका बारेमा सन् ३७९७ सम्मका लागि कयौं भविष्यवाणी गरेका छन् । 

 माइकल नोस्ट्राडमसले रुसी क्रान्ति, हिटलर शक्तिको उदय, शक्तिशाली हतियारबाट गरिने युद्ध, अन्य ग्रहबाट पृथ्वीमा मानिस आउने, केनेडी दाजुभाइको हत्या, इरानमा इस्लामी क्रान्ति, पोपको हत्या प्रयास, तेस्रो विश्वको उदय, कर्नेल कद्दाफीको पतन, फकल्याण्ड युद्ध, अन्तरीक्ष उडान, आणविक युद्ध र विश्वको अन्त्य विषयमा धेरै पहिले भविष्यवाणी गरेका थिए । यसवाहेक जापानको हिरोशिमामाथि परमाणु आक्रमण, लेडी डायनाको अप्रत्याशित मृत्युजस्ता विषय उनले पहिल्यै घोषणा गरेका थिए । उनले एउटा भविष्यवाणी गरेका थिए– ‘दुईवटा ढुंगा एकापसमा ठोक्किने छन् । यसले युद्धको विभीषिका निम्त्याउने छ । जसले आकासलाई आतंकको इलाका बनाउने छ ।’ विश्लेषकहरुले सन् २००१ मा अमेरिकाको वल्र्ड ट्रेड टावरमाथि भएको भीषण आक्रमण गरिएको घटनालाई यसले संकेत गरेको निष्कर्ष निकालेका छन् ।  

यी भविष्यवाणीका कारण माइकल नोस्ट्राडमसको लोकप्रियता युरोपमा व्यापक भयो । विभिन्न क्षेत्रका भविष्यवाणी आफ्नै किसिमले गरेपनि उनको भविष्यवाणीलाई विभिन्न देशमा आफ्नै किसिमले अर्थ लगाइयो । उनले भविष्य दर्शनको पुरानो प्रणाली अपनाए । ध्यानमग्न भएर पानी भरिएको कचौरा हेर्दा उनलाई भविष्य दर्शन हुन्थ्यो । अन्ततः त्यसै आधारमा उनी भविष्यवाणी गर्दथे । 

भविष्यवक्ता नोस्ट्राडमसलाई बारम्बार युद्धको प्रचारका निम्ति पनि समेत उपयोग गरेको पाइन्छ । स्वीटजरल्याण्डका ज्योतिष कार्ल अर्नेस्टबाट जर्मनीसम्मको नोस्ट्राडमसको भविष्यवाणीलाई युद्ध अवधिमा आफ्नो पक्षमा गराएका थिए । त्यसैको प्रतिक्रिया स्वरुप अंग्रेजहरुले समेत आफ्नो पक्षमा व्याख्या पुस्तिका जर्मन भाषामा प्रयोग गरेर आफ्नो कब्जामा आएको देशमा प्रचार प्रसार गरेका थिए । नोस्ट्राडमसका केही आलोचकहरुले उनले आफ्नो भविष्यवाणीमा भारतका विषयमा कुनै सन्दर्भ उल्लेख नगरेको विचार अघि सारेका छन् । तर सबै त्यस धारणाप्रति सहमत छैनन् । 

माइकल नोस्ट्राडमस रचित छन्दको व्याख्या जसले गरेका छन, त्यसमा सन् १८५७ को संघर्ष, भारतका राष्ट्रपति, सत्ता परिवर्तन, इन्दिरा गान्धीको हत्या, राजीव गान्धीको सत्तारोहण मात्र नभई उनको हत्यालगायतका विषयमा चर्चा गरिएको दावी गर्छन् । नोस्ट्राडमसले भारत विश्वको मार्गदर्शक बन्ने भविष्यवाणी गरे जस्तै अरु पूर्वीय ज्योतिषहरुले समेत त्यस्तो भविष्यवाणी गरेका छन् । उनले गरेका भविष्यवाणी मध्ये भारततर्फ लक्षित कतिपय भविष्यवाणी मिलेको विभिन्न व्यक्तिको धारणा छ । उनले आफ्नो भविष्यवाणी प्रकरणलाई ‘सेन्चुरी’ शीर्षक दिएका थिए । यद्यपि यो सिलसिलावद्ध भने छैन् । 

सेन्चुरी ६–७५ अन्तर्गत नोस्ट्राडमस भन्छन्– यस अवधिमा एक विमानचालक बहुमत प्राप्त गरेर सत्तामा आउने छ । उच्च रोजगारी छोडे ऊ उच्चस्थानमा आसीन हुनेछ । प्रतिहिंसा प्रकट एक महिलाले ती नेता विरुद्ध षड्यन्त्र गर्नेछ । घटनाका दोषी पत्ता लगाइने छ । सेन्चुरी ६–५९ अन्तर्गत नास्टर डामसको भविष्यवाणी अकस्मात त्यस षड्यन्त्रको भण्डाफोर भीषण आतंकको रुपमा प्रकाशमा आउने छ । कोपला जस्तो काली महिला सधैका लागि बेपत्ता भइसकेकी हुनेछ । विस्तारै विस्तारै मानिसहरु उप्रति क्रुद्ध हने छन् । 

नोस्ट्राडमसको भविष्यवाणीबाट के जानकारी हुन्छ भने राजीव गान्धीको हत्या योजना कुनै महिलाले तयार पारेकी थिइन । उनले पछि षडयन्त्रकारीको पोल खुल्ने बताए अनुसार त्यस हत्यामा संलग्न दोषी जानकारीमा आइसकेको छ । संसारका अन्य भागका कुनै ठूला व्यक्तिको हत्या यसप्रकारले नभएकाले नास्टर डामसको भविष्यवाणी भारततर्पm लक्षित रहेको केही व्यक्तिहरुको निष्कर्ष छ । 

सेन्चुरी १–१८ मा भनिएको छ– ‘एउटा नेता आफ्नो देशको पनडुब्बीमा लुकेर अर्को देश जान्छ । बेग्लै भाषा, संस्कृति भएको त्यस देशका हजारौं व्यक्तिलाई बाटो देखाउँछ । त्यस देशले युद्धमा भाग लिनेछ र युद्धमा हजारौं व्यक्ति मारिने छन् । यो घटना सुवासचन्द्र बोससंग मिल्दोजुल्दो पाइन्छ । 

भारतीय भविष्यवक्ताहरुले माइकल नोस्ट्राडमसले सेन्चुरी २–२५ मा भनेका विचार भारतको सन् १८५७ को स्वतन्त्रता संग्रामसंग मेल खान्छ । उनले आफ्नो भविष्यवाणीमा विश्वको एक प्रमुख क्षेत्रले एक बलियो साम्राज्य विरुद्ध आफूलाई उभ्याउने र स्वतन्त्रताका लागि ठूलो संख्यामा जनता त्यसप्रति आकर्षित रहने बताएका थिए । माइकल नोस्ट्राडमसले आफ्नो शैली भविष्यवाणी गरे पनि अक्षरश मिलेको अहिलेका भविष्यवेत्ताहरुको मूल्यांकन छ ।

माइकल नोस्ट्राडमस