विदेश

जग्गाको विवादमा ९ जनाको हत्या

जग्गाको विवादमा ९ जनाको हत्या


काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित सोनभद्र जिल्लामा जग्गाबारेको विवादपछि भएको झडपमा ९ जनाको हत्या भएको छ । सोनभद्रको उभवन गाउँमा जमिनको विषयमा गाउँका प्रधान र स्थानीय गाउँलेबीच विवादपछि झडप भएको थियो । झडपमा गाउँका प्रधानले ९ जनाको हत्या गरेका हुन् ।

 

मृत्यु हुनेमा ६ पुरुष र तीन महिला रहेको भारतीय सञ्चामाध्यमले जनाएका छन् । दुई पक्षबीच भएको भिडन्तका क्रममा गाउँका प्रधान पक्षले स्थानीयविरुद्ध जथाभावी गोली वर्षाएको जनाइएको छ ।

 

जवाफमा गाउँलेले लाठी र ढुङ्गामुढा प्रहार गरेका थिए । दुई वर्षअघि गाउँका प्रधानले ९० बिघा जग्गा किनेको र प्रधानले दलबलसहित उक्त जग्गा कब्जा गर्न जाँदा गाउँलेहरुले विरोध जनाएपछि दुई पक्षबीच भिडन्त भएको जनाइएको छ ।