सरकारले थाल्यो क्यासिनो अनुगमन 

सरकारले थाल्यो  क्यासिनो अनुगमन 

पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ । नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नविकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ । 

पहिलो चरणमा काठमाडौँका चार क्यासिनो अन्ना, महाजोङ, क्यासिनो हयात र मल्ल होटलको बेलिज क्यासिनो अनुगमन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभयो । बाँकी क्यासिनो पनि क्रमशः अनुगमन गरिनेछ । नेपालमा साना र ठूला गरी २० क्यासिनो सञ्चालनमा छन् । 

प्रत्येक आर्थिक वर्षमा क्यासिनो नवीकरण गरिन्छ । ठूला क्यासिनोले  चार करोड र साना मिनी क्यासिनोले एक करोड वार्षिक राजश्व बुझाउनु पर्छ । त्यस्तै नवीकरण दस्तुरबापत ठूला क्यासिनोले रु एक करोड र साना क्यासिनोले ५० लाख बुझाउनु पर्छ । ठूला क्यासिनोको निवेदन दस्तुर पाँच लाख र सानाको  दुई लाख लाग्ने विभागले जनाएको छ ।

विभागको सगरमाथा हिमालपछि सबैभन्दा बढी राजश्व असुल हुने क्षेत्रमध्ये क्यासिनो नै प्रमुख हो । अघिल्लो आर्थिक वर्षमा विभागले एक अर्ब २० करोड राजश्व असुल गरेको थियो । क्यासिनोबाट मात्रै ४५ करोडभन्दा बढी राजश्व जम्मा हुने गरेको छ । 

क्यासिनो अनुगमनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको थियो । सो समितिका सदस्यमा विभागका महानिर्देशक डण्डुराज घिमिरे, विभागकै निर्देशक मीरा आचार्य, होटल तथा घरवास कार्यक्रम ‘होमस्टे’ शाखाका प्रमुख, होटल एशोसिएशन अफ नेपाल ९हान० का प्रतिनिधि रहेका छन् । 

क्यासिनो

संम्बधित खबर