समाचार

पश्चिम, मध्य र पूर्वी भूभागमा वर्षा, यी नदी आसपास सतर्कता अपनाउन विभागको अनुरोध

पश्चिम, मध्य र पूर्वी भूभागमा वर्षा, यी नदी आसपास सतर्कता अपनाउन विभागको अनुरोध


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मनसुन न्यूनचापिय रेखा नेपालको तराई भू–भागमा भन्दा केही तल अवस्थित रहेको कारण मनसुनि गतिविधि देशभर हाल कम सक्रिय अवस्थामा रहेको जनाएको छ । महाशाखाका अनुसार, पश्चिमी भू–भागका थोरै स्थानहरुका साथै मध्य र पूर्वी भू–भागका केही स्थानमा मनसूनी वर्षा भईरहेको छ । 


देशका पहाडी तथा तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र राति पूर्वि तथा पश्चिमी क्षेत्रका एक वा दुई स्थानमा भारी वर्षाको  सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

 

मंगलबार पूर्वमा कन्काइ, बिरिङ, निन्दा र पश्चिममा बबइ, राप्ती, डुडुवा, मोहना  र मछेलीका शाखा नदीहरु लगायत दाङ, बाँके, बर्दिया, कञ्चनपुर, कैलाली, सर्लाही, महोत्तरी, झापा, मोरङ र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरुमा एक्कासी बाढी आउन सक्ने भएकाले सामान्य सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।  
 

विशेष