समाचार

चल्दै सूचना विभागको अनलाइन सेवा

चल्दै सूचना विभागको अनलाइन सेवा

काठमाडौं : प्रत्येक वर्ष सञ्चार प्रतिष्ठानले आफ्ना प्रतिष्ठानमा रहेका दरबन्दीको तहगत विवरण र श्रमजीवी पत्रकार कर्मचारी कामदारहरूको विवरण प्रेस रजिस्ट्रार समक्ष बुझाउनु पर्ने कानुनी व्यवस्था छ। श्रमजीवी पत्रकारसम्बन्धी ऐन २०५१ तथा नियमावली २०५३ बमोजिम प्रत्येक वर्षको असार मसान्तरभित्र पत्रकार तथा कर्मचारीहरूको विवरण पठाउनु पर्ने 'सूचना' सूचना तथा प्रसारण विमागले जारी गरेको छ।

विभागले  न्यूनतम पारिश्रमिकसहित अन्य सेवासुविधासहितको विवरण विभागको वेबसाइटमार्फत असार मसान्तरभित्र पठाउन अनुरोध गरेको छ। तर, विभागले उक्त सुविधाका लागि उपलब्ध गराएको अनलाइन सेवाले काम गरिरहेको छ। विभागले उपलब्ध गराएको उक्त सेवामा प्रवेश गर्दा एउटा खाली पेज खुल्ने गरेको छ। र, खलेको पेजमा this site can't be reached लेखिएको छ। पत्रकार तथा कर्मचारीको विवरण बुझाउने अन्तिम दिन उक्त साइट खोल्दा यस्तो भेटिएको हो।

'दरवन्दी विवरण पठाउँदा उक्त विवरणमा समावेश भएका श्रमजीवी पत्रकार कर्मचारी र कमदारको न्यूनतम पारिश्रमिकसहित अन्य सेवा सुविधा उल्लेख भएको कर्मचारीहरूको तलव विवरण Pay Roll को प्रमाणित प्रतिलिपि र सम्बन्धित सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार कर्मचारी र कामदारको लवब भत्ताको भुक्तानी बैंक खातामा पठाइ पारिश्रमिक जम्मा गरिदिन बैंकलाई लेखिएको पत्रको बैंकद्वारा प्रमाणित प्रतिलिपि पनि अनलाइन सेवाबाट नै अपलोड गर्न सकिनेछ' जारी सूचना भनिएको छ। तर जारी गरिएको सूचनाअनुसार अनलाइन सेवाले भने काम गरिरहेको छैन।

सूचना विभाग